स्वास्थ्य मन्त्री बन्दै रामकुमारी झाक्री

2.1k
Shares

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री रामकुमारी झाक्री बन्ने करीब करीब निश्चित भएको छ । नेकपा एकीकृत समाजवादीले विहीबार राती आफ्नो भागमा परेको मन्त्रीको नाम सूची बालुवाटार पठाईसकेको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रालय र मन्त्रीको सूची अवेर राती पठाएका छन् । त्यसमा रामकुमारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा पठाइएको छ ।

यसअघि नै पार्टीको सचिवालय बैठकमा पनि अधिकांशले रामकुमारीलाई स्वास्थ्यमा पठाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका थिए ।

झाक्रीले पनि स्वास्थ्य सम्वद्ध व्यक्तिहरुसमक्ष स्वास्थ्य मन्त्रालयको बारेमा राय सुझावहरु लिन थालेकी छन् ।

‘स्वास्थ्यमा काम गर्न कस्तो छ ? हामीले चाहे जसरी काम गर्न सकिन्छ कि सकिदैन् ? आदि ईत्यादि कुराहरु सोध्नु भएको थियो । मैले सकिन्छ हामी छौँ भनिदिएको छु । अब लगभग उहाँ नै आउने हुनु भएको छ,’ पार्टी निकट मानिने एक चिकित्सकले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *