भारतबाट १० लाख डोज कोभिसिल्ड खोप शनिबार आईपुग्ने

काठमाडौँ, २१ असोज । भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिडविरुद्धको खोप कोभिसिल्ड शनिबार आईपुग्ने भएको छ । सेरमले बुधबार स्वास्थ्य सेवा विभागलाई इमेल पठाउँदै यस्तो जानकारी दिएको हो ।

नेपालले गत ५ फागुनमा सेरसमसंग प्रति डोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १० लाख डोज त्यसबेला नै आएपनि बाँकी १० लाख डोज आउन बाँकी थियो । भारतबाट समयमै खोप नआउँदा त्यसबेला पहिलो डोज लगाएका जेष्ठ नागरिक सहित झण्डै १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए ।

आउदो शनिबार खोप पठाउने जानकारी आएको छ । एयर इन्डियाको विमानबाट खोप आउनेछ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भने ।

सेरमबाट नेपालमा अहिलेसम्म अनुदानमा ११ लाख डोज, कोभ्याक्स सुविधा मार्फत आएको ३ लाख ४८ हजार र खरीद गरेको २० लाख मध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *