डा. आरपी बिच्छाको दुई बर्ष म्याद थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, १९ असोज । सरकारले तीन साता पछि अनिवार्य अवकाशमा जान लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा आरपी विच्छाको दुई बर्ष म्याद थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट गएको प्रस्ताव अनुसार दुई बर्ष म्याद थप गर्ने निर्णय भएको एक जना मन्त्रीले बताए ।

यसअघि डा. विच्छाले म्याद थपको इच्छा गर्दै निवेदन दिएपछि मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा (२) लाई टेकेर म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

सो उपदफामा ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएपनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुरा भई अत्यावश्यक हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सक्नेछ,’ भन्ने उल्लेख छ । अनि अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ मा ‘६० बर्ष उमेर पुरा भएको वा दफा १९ बमोजिमको पदावधी पुरा भएको कर्मचारीले स्वत अवकाश पाउने छ,’ भन्ने उल्लेख छ ।

डा. विच्छा आगामी ६ कात्तिक उमेर हदका कारण अवकाश हुँदै थिए ।

‘मन्त्रालयबाट दुई बर्ष म्याद थप गर्ने गरी प्रस्ताव पठाइएको थियो । त्यसलाई आजको क्याविनेटले सदर गरिदियो भन्ने जानकारी आएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *