ज्वरो र खोकी देखिएपछि नेकपा एसका अध्यक्ष नेपाल शिक्षण अस्पतालमा भर्ना

472
Shares

काठमाडौैँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल अस्वस्थ भएका छन् । उनलाई बुधबार दिउसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

नेता नेपाललाई ज्वरो आउने खोकी लाग्ने भइरहेको छ । अपरान्ह गरिएको पीसीआर परीक्षणमा कोभिड-१९ रिपोर्ट भने नेगेटिभ आएको छ । अध्यक्ष नेपालको निजी सचिवालयले चिकित्सकहरुले केही दिन आराम सहित उपचार गर्नुपर्ने बताएको जनाएको छ ।

अध्यक्ष नेपालको उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ शन्तकुमार दाससहितको टोली सम्लग्न रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *