वागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का नियुक्त

काठमाडौँ, १३ असोज ।  वागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी बद्रीदबहादुर  खड्काले पाएका छन् ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई बागमती प्रदेशको सचिवको जिम्मेवारी तोकेको हो । एघारौँ तहका खड्का स्वास्थ्य शिक्षा समूहका हुन् ।

उनी यस अघि प्रदेश स्वास्थ्य तालिम केन्द्र बागमती र स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख थिए । त्यसअघि उनी राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक समेत भएका थिए ।

खड्कासंग सरकारी सेवामा काम गरेको ३७ बर्ष लामो कार्यानुभव छ ।

नियुक्ति पाएपछि उनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेटौडा पुगेर बुधबार नै पदवहाली गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *