बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा प्रशासन तर्फको सचिव रहने प्रस्ताव

3.6k
Shares

काठमाडौँ, २७ भदौ । बागमती प्रदेश सरकारले हालै स्थापना गरेको स्वास्थ्य मन्त्रालयको दरबन्दी संरचनामा प्रशासनको सचिव रहने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहको सचिव रहने दरबन्दी तेरिज बनाएको भन्दै स्वास्थ्यकर्मीहरुले भने विरोध जनाएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले अहिले सार्वजनिक भएको दरबन्दी तेरित विरोध गर्दै मन्त्रालयमा विशेषज्ञ चिकित्सक सचिव हुनुपर्ने माग गरेको छ ।

यसअघि स्वास्थ्यका विभिन्न संगठनले पनि हालै सार्वजनिक भएको तेरिजको विरोध गरेका थिए । उनीहरुले स्वास्थ्य समूहकै सचिव बनाईनुपर्ने तर्क राखेका थिए ।

२५ जना कर्मचारी दरबन्दी तेरिजमा सचिव प्रशासन समूहको, त्यसपछि दोस्रो तहमा रहने उपसचिव १० औँ तहसम्मकोलार्इ पनि प्रशासन समूहको रहने भनिएको छ । त्यसपछि मात्रै स्वास्थ्य समूहको कर्मचारी रहने व्यवस्था गरिएको छ ।

हेरौँ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको दरबन्दी तेरिज

चिकित्सक तथा स्वास्थ्यकर्मी संगठनले यसरी गरेको छ विरोध

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *