अब क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार रुपैयाँ भत्ता पाउने

काठमाडौँ, २५ भदौ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

जीवन निर्वाह भत्ता भनेर ११ माघ २०७४ मा उनले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यक्रम गरी २९ जना स्पाइनल इन्जुरीका बिरामी चेक हस्तान्तरण गरेका थिए । निर्वाचनको मुखैमा कार्यान्वयन ल्याइएको सो कार्यक्रमलाई चुनावपछि आएको केपी ओली नेतृत्वको सरकारले खारेज गरेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले यसलाई फेरि अघि बढाउने भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *