‘न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा, फ्रेन्डशिपको प्रतिवद्धता’

काठमाडौँ, २४ भदौ ।  के न्युन तथा मध्यम आय भएकाहरुले उपचार गर्ने सरकारी अस्पतालमा मात्रै हो त ? निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्न त्यस्ता व्यक्तिहरुको पहुँच पुग्दैन त ? अवश्य पुग्छ र पुग्नै पर्छ । हामी हाम्रो अस्पतालबाट आम सर्वसाधारणले हरेक हिसावले निसंकोच ढंगबाट सेवा लिउन भन्ने चाहन्छौँ । र त्यसका लागि वातावरण तयार गर्दैछौँ ,’सुकेधारा हाइटमा केही समय अघि देखि सञ्चालनमा आएको फ्रेन्डशिप सामुदायिक हस्पिटल प्रालिका नयाँ मेडिकल डाइरेक्टर डा. पुष्पमणि खरालले आफ्नो ‘भिजन’ सुनाए ।

यसै साता मात्रै कार्यकारी तहको नेतृत्व सम्हाल्न आएका डा. खरालले अस्पतालको नाम जस्तै आम सर्वसाधारणको सेवामा ‘फ्रेन्डली’ बाताबरण बनाउन चाहेको बताए । ‘हाम्रो उद्धेश्य आम सर्वसाधारणले सहुलियत दरमा गुणस्तरीय सेवा पाउन भन्ने नै हो । त्यसका लागि आवश्यक तयारीमा जुटिसकेका छौँ । समुदायलाई लक्षित गरी सेवा अगाडी बढाउँदै छौँ,’ डा. खरालले भने ।

६ दर्जन बढी सेयर सदस्यले लगानी गरेको कुल २५ सैय्याको स्वीकृति पाएको यो अस्पताल स्थापना भएको एक बर्ष पुगेको छैन् । कोरोना कहरकै बीचमा स्थापित यो अस्पतालले सयौँ संक्रमितलाई उपचार सेवा प्रदान गर्न सफल भएको छ ।

मेडिकल डाइरेक्टर डा. पुष्पमणि खराल

‘अब कोभिडसंगै नन् कोभिड बिरामीका लागि पनि हाम्रा सेवा केन्द्रीत भएका छन् ,’ कोभिडको परिस्थिति फेरिएको संकेत गर्दै डा खरालले भने ।

उनले आफ्नो अस्पतालमा चौविसै घण्टा इमरजेन्सी सेवा बाहेक ओपीडी, आईसीयू, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी लगायतका सेवा उपलव्ध भएको बताए । यस्तै विशेषज्ञहरुद्धारा बालरोग, यौन तथा छालारोग, प्रसूति तथा स्त्री रोग, पेट तथा छाती, इएनटी् लगायतका सेवा उपलव्ध भएको बताए ।

यसबाहेक जनरल हेल्थ चेकअप प्याकेज, क्यान्सर मुटु, मिर्गौला स्क्रनिङ जस्ता प्याकेज पनि उपलव्ध रहेको बताए । उनले अब चाँडै नै दन्त स्वास्थ्य सेवा पनि सञ्चालन गर्न लागेको बताए ।

यसबाहेक निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा प्रवर्धन लगायतका कामहरु पनि अगाडी बढाउने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *