एक साता भित्र चीनबाट ४४ लाख डोज भेरोसेल आउँदै

352
Shares

काठमाडौँ, २१ भदौ । अबको एक साता भित्र चीनबाट ४४ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल आउने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसंग अढाई महिना अघि खरीद सम्झौँता गरेको ६० लाख डोजमध्ये आउँन बाँकी ४४ लाख डोज यसैसाता आउने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले ४४ लाख डोज भेरोसेल ढिलोमा सेम्टेम्बर दोस्रो सातासम्ममा काठमाडौँ आईसक्ने बताए ।

‘चीनबाट यसअघि प्रति खेप ८ लाख डोज खोप आउने गर्दथ्यो । यसपटक एकै खेपमा कम्तीमा ४० लाख डोज ल्याउने गरी मिलाइएको छ । एक भाइलमा ५ डोज अटने गरी मिलाउने भन्ने खवर पाएका छौँ । सकेसम्म एकै खेपमा ४४ लाख आउँछ । नसके ४० लाख आउनेछ,’ दाहालले भने ।

यो खोप आईसकेपछि चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख डोज ल्याईने बताए ।

सरकारले यसअघि नै अक्टोवरमा ३ लाख ४८ हजार डोज एस्ट्राजेनेका, नोभेम्वरमा ६ लाख भेरोसेल, ५० लाख फाइजर, ज्यानवरीमा १० लाख फाइजर, फेव्रअरीमा ४० लाख डोज मोर्डना खोप गरी कुल १ करोड ६४ लाख ४८ हजार डोज खोप खरीद गरी ल्याउने तयारी गरेको छ ।

यसबाहेक थप ६० लाख कोभ्याक्स सुविधाबाट समेत आउने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *