निर्वाचनमा लाग्यो मेडिकल काउन्सिल, गठन भयो निर्वाचन समिति

काठमाडौँ १६ भदौ । नेपाल मेडिकल काउन्सिलले आगामी ५ असोज देखि रिक्तहुने उपाध्यक्ष र अरु आठ जना सदस्य पदका लागि छनौट गर्न निर्वाचन समिति गठन गरेको छ । काउन्सिलको गत ९ भदौमा बसेको पूर्ण बैठकले २०७८ – २०८२ कार्यकालका लागि पदाधिकारी तथा सदस्य छनौट गर्न तीन तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

निर्वाचन समितिमा डा गणेश राई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन निर्वाचन अधिकृत र डा मनोज हुमागाईँ निर्वाचन अधिकृत तोकिएका छन् ।

काउन्सिलले यो निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ बर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने बताएको छ । काउन्सिले आफूकहाँ दर्ता भएका सबै चिकित्सकले मतदान गर्न पाउने समेत स्पष्ट पारेको छ ।

काउन्सिलमा अध्यक्ष, मेडिकल तर्फबाट तीन जना र डेन्टल तर्फबाट दुई जना गरी पाँच जना सदस्य, उपभोक्ताहरुमध्येबाट एक जना सदस्य सरकारबाट मनोनित हुने व्यवस्था छ ।

यस्तै अध्यक्ष नेपाल चिकित्सक संघ, अध्यक्ष नेपाल दन्त चिकित्सक संघ, चिकित्साशास्त्र अध्ययन हुने विश्वविद्यालय वा प्रतिष्ठानका डीन वा शिक्षाध्यक्षबाट एक जना गरी कुल ८ जना सरकारले मनोनित गर्दछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *