नक्कली काजगात पेश गरेको भन्दै एमबीबीएस र बीडीएसको आरक्षण कोटामा रहेका आठ जनालाई सूचीबाट हटाइयो

काठमाडौँ, १३ साउन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकालेका ८ जनाको नाम योग्यता क्रमबाट हटाएको छ । गलत काजगात पेश गरेको उजुरी परेका उनीहरुको काजगात पुन छानविन गर्दा सहि हुन नसकेपछि आरक्षणको योग्यता क्रमबाट हटाएको आयोगले जनाएको छ ।

नाम हटाइनेहरुमा आदीवासी जनजाती र थारु समूहबाट एमबीबीएसमको आरक्षणमा रहेका अमनकुमार चौधरी, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट एमबीबीएसमा नाम निकालेका बीरेन्द्र धिताल, खस आर्य र पिछडिएको क्षेत्र समूहबाट नाम निकालेका गगन प्याकुरेल, पिछडिएको क्षेत्रबाट एमबीबीएसमा परेका लकसन शाही, खस आर्यबाट एमबीबीएसमा परेका सुजन घिमिरे रहेका छन् ।

यस्तै खस आर्य र पिछडिएको क्षेत्रबाट एमबीबीएस र बीडीएसमा नाम निकालेका सूर्यकिरण जोशी, महिला दलित महिला र दलित कोटाबाट एमबीबीएसमा नाम निकालेकी स्वस्तिका सुन्दास र महिला आदिवासी जनजाती कोटाबाट एमबीबीएस र बीडीएसमा नाम निकालेकी स्मारिका श्रेष्ठ रहेका छन् ।

उनीहरुले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको भन्ने काजगात पेश गरेका थिए । तर त्यसमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो ।

छानविनका क्रममा उनीहरुले पहिले पेश गरेको काजगात सहि नभएपछि हटाएको स्पष्ट पारेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *