नेपालमा ४० लाख ५२ हजारले लगाए पूर्ण मात्रा कोरोना खोप

काठमाडौँ, १२ भदौ । हालसम्म नेपालमा ४० लाख ५२ हजार भन्दा बढी ब्यक्तिले कोरोना विरुद्धको पूण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोना विरुद्धको दोस्रो अर्थात पूर्ण  मात्रा खोप लगाएका छन् ।

त्यसैगरी पहिलो मात्रा खो लगाउनेको संख्या ५० लाख लाख ६३ हजार ५२२ पुगेको छ । नेपालमा हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन् ।

त्यस्तै ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका छन्। यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार७४९ जनाले लगाइसकेका मन्त्रालयले जानकारी गराएको छ ।

नेपालमा गत वर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरुभएको हो । जसमा पहिलो चरणमा कोरोना उपचारमा खटिएका चिकित्सक,नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी,पत्रकार,यातायात चालक, बैङ्क, कूटनीतिक नियोग लगायतमा कामलाई प्राथमिकतामा राखेर खोप दिन सुरु गरेको थियो ।

त्यसैगरी नेपालमा हालसम्म देशभर ३८ लाख ७७ हजार ४६९ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ लाख ५६ हजार ४९२ जनामा र ४ लाख ५४ हजार ६९४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ८२ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् । यो संगै निको हुने दर ९३ दशमलब ६ प्रतिशत रहेको छ ।

त्यसैगरी हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १० हजार ६६३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको मन्त्रालयले जनाएको छ । आइसीयूमा ६२२ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *