हैजा र कोरोनाबिरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न सरकारले दियो अनुमति

काठमाडौँ, १० भदौ । सरकारले नेपालमा हैजा र कोरोनाबिरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यी दुई खोपको क्लिनिक ट्रायलका लागि अनुमति दिने निर्णय भएको सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट यी दुई खोपको तेस्रो चरण (थर्ड फेज)को क्लिनिकल ट्रायल सम्वन्धी प्रस्ताव गएको थियो । प्रस्ताव अनुसार हैजाबिरुद्धको खोपको क्लिनिकल ट्रायल कान्ति बाल अस्पताल र काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ मेडिसिनले गर्दैछ ।

इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट(आइभीआई)को प्रस्तावमा यसको अनुसन्धान हुन लागेको हो ।

यस्तै कोभिडबिरुद्धको चिनियाँ खोप सार्स कोभ -२ एम आरएनएको पनि ट्रायल हुँदैछ । तेस्रो चरणको ट्रायलको समन्वय देउराली जनता फर्मास्यिुटिकलले गर्ने र यसको ट्रायल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए ।

यो ट्रायलमा ३ हजार नागरिक स्वेच्छिक रुपमा सहभागी गराइने भएको छ ।

यो खोपको ट्रायलको लागि वालभ्याक्सले नेपालको औँषधि कम्पनी देउराली जनतासंग समन्वय गरेको थियो ।  यो ट्रायल सफल भएमा त्यहाँको कच्चा पदार्थ ल्याएर डीजेपीएलले नेपालमै सो खोप उत्पादन गर्नेगरी प्रस्ताव अघि बढाएको समेत बताइएको छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले आफूहरुले पहिले देखि उठाउँदा आएको क्लिनिकल ट्रायल सम्वन्धी कुराहरुलाई सरकारले अघि बढाएको जानकारी पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘हामीले एक बर्ष अघि देखि नै क्लिनिकल ट्रायलका अवधारणाहरु राखेका थियौँ । अहिले अनुमति पायो भन्ने सुनेको छु यसले अनुसन्धानको पाटोमा ठूलो फडको मारेको छ । ‘

डा ज्ञवालीले अनुसन्धान स्वेच्छिक रुपमा हुने भन्दै यसमा स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *