चिनियाँ नागरिकले अब तीन सन्तान जन्माउन पाउने

168
Shares

एजेन्सी, ५ भदौ । चिनियाँ नागरिकले अबदेखि तीन सन्तान जन्माउन पाउने भएका छन् । शुक्रबार तीन सन्तान जन्माउन पाउने नीति चीनको संसदबाट पारित भएको हो ।

बच्चा हुर्काउनका लागि भने चिनियाँ सरकारले अभिभावलाई आर्थिक सहायता दिने भएको छ । संसदबाट हिजो पारित भएको नीतिमा उक्त कुराको उल्लेख गरिएको छ । जसमा कर, शिक्षा, आवास र रोजगारीमा सहयोग गर्ने बताइएको छ ।

सरकारले घट्दो जन–संख्याका कारण आर्थिक तथा सामाजिक विकासक्रममा हुने चुनौतीको सामना गर्न सन्तुलित तथा दिर्घकालिन जनसंख्या वृद्धिका लागि कानुन संशोधन गरिएको जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले तीन सन्तान जन्माउनका लागि तिन महिना पहिले नै अनुमति दिएको थियो । चिनियाँ संसदले यही अनुमतिलाई सर्वसम्मतले पारित गरेको हो ।

चीनीयाँ सरकारले १९८० मा लागू गरेको एक सन्तान नीति करिब ३५ वर्ष पछि सन् २०१६ मा खारेज गरी दुई सन्तानको नीति अंगालेको थियो । चीनले आफ्नो जनसंख्या घटेको भन्दै तीन सन्तानको नीति लिने निर्णय गरेको हो ।

यसअघि जानकारहरुले चीनको जनसंख्यामा कमी आए त्यसको असर चीनमा मात्र नभई विश्वभर नै हुन सक्ने चेतावनी दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *