काठमाडौँमा आज र भोलि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

460
Shares

काठमाडौँ, ४ भदौ । काठमाडौँमा आज र भोलि १८ वर्षमाथिका ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थी साथै ४० वर्षमाथिकालाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइदै छ ।

भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उक्त तहको परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर खोप लिन पाउनेछन्।

४० वर्षमाथिका नागरिकलाई भदाै ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *