विदेशमा एमबीबीएस र बीडीएस पढेका १९८ जनाले दिए स्वदेशमै इन्टर्नसीप गर्न निवेदन

काठमाडौँ, १ भदौ । विदेशमा एमबीबीएस र बीडीएसको अध्ययन सके पनि कोरोना महामारीका कारण इन्टर्नसीप पुरा गर्न नपाएका १९८ जना नेपाली विद्यार्थीले स्वदेशै इन्टर्नसीप गर्न पाउँ भन्दै नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएका छन् । काउन्सिलले यतिवेला प्राप्त निवेदनहरुको थप अनुसन्धान सुरु गरेको छ ।

चीन लगाएतका विभिन्न देशमा एमबीबीएस र बीडीएस अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरु कोरोना महामारीपछि स्वदेश फर्केका थिए । त्यसमा अध्ययन पुरा गरी इन्टर्नसीप सुरु गरेका तथा गर्न लागेकाहरु पनि थिए । स्वदेश फर्केका नेपाली विद्यार्थीहरुले तत्कालै पढेका देशमा फर्केर इन्टर्नसीप गर्ने अवस्था नभएको भन्दै उनीहरुले नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गरेका थिए । उनीहरुको माग पछि काउन्सिलले चिकित्सा शिक्षा आयोगसंग समन्वय गरी एक पटकका लागि भन्दै यस्तो व्यवस्था मिलाएको हो ।

डा. कृष्णप्रसाद अधिकारी

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विशेष परिस्थितिलाई लिएर सन् २०१४ व्याँचका विद्यार्थीहरु जो एमबीबीएस र बीडीएसको अध्ययन पुरा गरी इन्टर्नसीप गर्न मात्रै बाँकी छन् उनीहरुलाई एक पटकका लागि यो अवसर दिईएको बताए । उनले भने, ‘कोरोनाका कारण केही विद्यार्थीहरुलाई साच्चिकै अफ्टेरो परेको छ । त्यसलाई ध्यान दिदै काउन्सिलले आयोगसंग समन्वय गरी यो निर्णय लिएको हो । गत १७ असारमा यस सम्वन्धी निर्णय भयो । जुलाई ८ देखि २० सम्म निवेदन मागियो । सो अवधीमा १९८ जनाको निवेदन परेको छ ।’

डा अधिकारीले निवेदन दिनेले यताको इन्टर्नसीपलाई उताको कलेजले मान्यता दिने भन्ने मन्जुरीनामा पेश गर्नुपर्ने, यो व्यवस्था एक पटकका लागि मात्रै हो भन्ने जस्ता मापदण्ड राखिएको बताए ।

पहिले पहिले विदेशमा अध्ययन गरेकाहरुले पनि स्वदेशमा इन्टर्नसीप गर्न पाउथे । तर सन् २००८ पछिको व्याचले भने जहाँ अध्ययन हो त्यहिबाट इन्टर्नसीप समेत पुरा गर्नुपर्ने व्यवस्था काउन्सिलले कार्यान्वनयमा ल्याएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *