महेश्वर श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्रीको प्राविधिक सल्लाहकार
काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठलाई नियुक्त गरेका छन् ।
प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार काज सरुवा गर्दै मन्त्रालय तानेका राज्यमन्त्री श्रेष्ठले सोमबार उनलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
‘हो्, मैले आजै मात्रै प्राविधिक सल्लाहकारको नियुक्ती पत्र बुझेको छु,’ महेश्वरले नेपाली हेल्थसंग भने ।
यसअघि समायोजनमा प्रदेश स्वास्थ्य तालिम केन्द्रमा परेका श्रेष्ठ स्वास्थ्य शिक्षा समूहका ११औं तहका कर्मचारी हुन् । उनी जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


