महेश्वर श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्रीको प्राविधिक सल्लाहकार

काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठलाई नियुक्त गरेका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार काज सरुवा गर्दै मन्त्रालय तानेका राज्यमन्त्री श्रेष्ठले सोमबार उनलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

‘हो्, मैले आजै मात्रै प्राविधिक सल्लाहकारको नियुक्ती पत्र बुझेको छु,’ महेश्वरले नेपाली हेल्थसंग भने ।

यसअघि समायोजनमा प्रदेश स्वास्थ्य तालिम केन्द्रमा परेका श्रेष्ठ स्वास्थ्य शिक्षा समूहका ११औं तहका कर्मचारी हुन् । उनी जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *