स्वास्थ्य राज्यमन्त्रीको विज्ञ सल्लाहकार बन्दै महेश्वर श्रेष्ठ

2.4k
Shares

काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो विज्ञ सल्लाहकारको जिम्मेवारी महेश्वर श्रेष्ठलाई दिने भएका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार मन्त्रालयमा काज सरुवा गराएका राज्यमन्त्री श्रेष्ठले उनलाई विज्ञ सल्लाहकारको जिम्मेवारी दिन लागेका हुन् ।

समायोजनमा प्रदेश स्वास्थ्य तालिम केन्द्रमा परेका श्रेष्ठ स्वास्थ्य शिक्षा समूहका ११औं तहका कर्मचारी हुन् । उनी जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन् ।

‘प्रदेश स्वास्थ्य तालिम केन्द्रमा हुनुहुन्थ्यो । अहिले मन्त्रालय तानिएको छ । राज्यमन्त्री ज्यूको विज्ञ सल्लाहकारको भूमिका दिईदै छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *