स्वास्थ्य राज्यमन्त्रीको विज्ञ सल्लाहकार बन्दै महेश्वर श्रेष्ठ

काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो विज्ञ सल्लाहकारको जिम्मेवारी महेश्वर श्रेष्ठलाई दिने भएका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार मन्त्रालयमा काज सरुवा गराएका राज्यमन्त्री श्रेष्ठले उनलाई विज्ञ सल्लाहकारको जिम्मेवारी दिन लागेका हुन् ।

समायोजनमा प्रदेश स्वास्थ्य तालिम केन्द्रमा परेका श्रेष्ठ स्वास्थ्य शिक्षा समूहका ११औं तहका कर्मचारी हुन् । उनी जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन् ।

‘प्रदेश स्वास्थ्य तालिम केन्द्रमा हुनुहुन्थ्यो । अहिले मन्त्रालय तानिएको छ । राज्यमन्त्री ज्यूको विज्ञ सल्लाहकारको भूमिका दिईदै छ,’ मन्त्रालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *