नयाँ तलव : स्वास्थ्यमा सहायक प्रथमको २८ हजार ६४० रुपैयाँ, १२ औँ तहको ६६ हजार ८६० रुपैयाँ (अरुको तलव कति ?)

काठमाडौँ, ३१ साउन । सरकारले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको सुरु देखि अर्थात १ साउन देखि लागु हुने गरी नयाँ तलवमान सार्वजनिक गरेको हो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको आर्थिक बर्ष २०७८ /७९ को बजेटमा कर्मचारीहरुको तलव बृद्धि गरेको थियो । बजेट कार्यान्वयनमा गर्ने बेलामा भने सरकार फेरियो । तर, शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारले पुरानो सरकारले बढाएको तलवलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । गत २५ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बजेटमा बढाइएको नयाँ तलवमान १ साउन देखि नै कार्यन्वयनमा लैजाने निर्णय हो ।

यसपटक २०५७ साउन १ गतेभन्दा अघिका प्राविधिक कर्मचारीहरुलाई पनि ग्रेडबापतको रकम नयाँ तलबमानमा थप गरिएको छ । अब स्वास्थ्य तर्फका कर्मचारीहरुले पुरानै व्यवस्था अनुसार तलव पाउने छन्।

सरकारले साउन १ गतेदेखि सरकारी कर्मचारीका लागि लागू गरेको नयाँ तलवमान र सुविधामा यसअघि प्राविधिक कर्मचारीहरुले पाउदै आएको ग्रेड छुटेपछि सच्याउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए। अहिले यो समस्या समाधान भएको छ।

स्वास्थ्य सेवा तर्फ सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ। जसमा सहायक प्रथमको तलब सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँ र १० ग्रेडसहित जम्मा तलब २८ हजार ६ सय ४० रुपैयाँ हुने भएको छ।

सहायक दोस्रो सुरूको तलब २२ हजार ६८० रूपैयाँ र ७ ग्रेडसहित जम्मा तलब २७ हजार ९७२ रुपैयाँ हुने भएको छ।

यस्तै स्वास्थ्य सेवा तर्फ सहायक तेस्रोको सुरुको तलव २४ हजार १० रुपैयाँ तोकिएको छ । त्यसमा अधिकतम ७ ग्रेड खान पाउने र प्रति ग्रेड ८०१ रुपैयाँ तोकिदा कुल २९ हजार ६१७ रुपैयाँ तलव पाउनेछन् ।

अधिकृत आठौँ तहको स्वास्थ्यकर्मीको सुरुको तलबमान ४२ हजार ३८० रुपैयाँ तोकिउको छ । सो तहको अधिकृतले अधिकतम ४ ग्रेड पाउँछ । उसको प्रतिग्रेड रकम अर्थात एक दिनको तलब १ हजार ४१३ रुपैयाँ छ।

यस्तै अधिकृत नवौंको ५१ हजार ६६०, अधिकृत दशौंको ५५ हजार ९६४ , अधिकृत एघारौंको ५७ हजार ८६२ र अधिकृत बाहौं तहको ६६ हजार ८ सय ६० तलब पुगेको छ।

स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको नयाँ तलवमान :

सरकारी सेवाका सबै कर्मचारीको नयाँ तलवमान यहाँ हेर्नुहोस :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *