चीनमा मातृमृत्यु दर घट्यो

बेइजिङ, २८ साउन । चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । उक्त सरकारी तथ्याङ्कका अनुसार त्यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३।२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६।९ प्रतिशत मात्र देखिएको छ ।

मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । त्यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३।२ जना आमाको ज्यान जाने गरेको थियो । सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६।९ जनाको मात्र ज्यान जाने गरेको छ ।

यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ । चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ । यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *