नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

268
Shares

काठमाडौँ, २२ साउन । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पछिल्लो चौबिस घण्टामा थप २५ जनाको निधन भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।

त्यसैगरी आज थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र १ हजार ८८५ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७३२ र भेन्टीटरमा १५८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *