कोभिसिल्डको दोस्रो मात्रा लिन नपाएकाहरुलाई २५ साउन देखी एस्ट्राजेनेका खोप दिईदै

काठमाडौँ, २२ साउन । सरकारले कोभिडबिरुद्ध विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लिएर दोस्रो मात्रा बाँकी रहेका नागरिकलाई आगामी २५ साउन देखि एस्ट्राजेनेका खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरकेो हो ।

कोभिसिल्ड खोपको अभावमा करीब चार महिना अघि पहिलो डोज लगाएका साढे ९ लाख बढी ६५ बर्ष माथिका जेष्ठ नागरिक सहित १३ लाख ६८ हजार बढीले दोस्रो मात्रा लगाउनबाट बन्चित भएका थिए । भुटान र जापानबाट एस्ट्राजेनेका खोप आउने क्रम शुरु भएपछि मन्त्रालयले उनीहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप उपलव्ध गराउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले अभियानका लागि आज भुटानबाट आएको २ लाख ३० हजार डोज खोप वितरण गर्न थालिएको बताए । उनले शनिबार (भोलि) र आइतबार (पर्सी) जापानबाट थप ८ लाख डोज खोप आउने भएकोले अभियान सञ्चालन गर्न गाह्रो नहुने बताए । ‘हामीले प्रदेश नं १ र २ मा अलि पछि पठाउँछौँ । त्यहाँ अहिले भेरोसेल चलि रहेको छ । अरु प्रदेशमा २५ साउन देखि नै खोप चल्छ,’ डा गौतमले भने ।

डा गौतमले कोभिसिल्डको पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउने सबैलाई दोस्रो मात्रा दिइने बताए । उनले बाँकी रहेको खोप वैदेशिक रोजगारीमा जाने, अध्ययन अन्य प्रयोजनका लागि विदेश जाने व्यक्तिहरु, डाइलाइसिस गर्नुपर्ने र गरिरहेको बिरामी, अंग प्रत्यारोपण गरिएका व्यक्ति र क्यान्सर बिरामीलाई दोस्रो मात्राको सुनिश्चित गरेर पहिलो मात्रा दिइने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *