दामियन फाउण्डेशनद्धारा टेकु अस्पताललाई २५ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

224
Shares

काठमाडौँ, २१ साउन । कोभिडविरुद्धको अभियानलाई सहयोग गर्ने क्रममा दामियन फाउण्डेशनले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)लाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बुधबार फाउण्डेशनका तर्फबाट कार्यकारी निर्देशक नेपाल प्रतिनिधि डा. सुशील कोइरालाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे ।

सामग्रीहरुमा १५ वटा प्यासेन्ट मोनिटर, ३०० थान पीपीई सेट र २००० थान ग्लोव्स रहेको छ ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा टेकु अस्पतालले जसरी सेवा प्रदान गरेको छ अवको सम्भावित तेस्रो लहरलाई पनि सहज ढंगले व्यवस्थापन गरोस भन्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हौँ ,’ फाउण्डेशनका नेपाल प्रतिनिधि डा. कोइरालाले भने ।

अस्पतालका निर्देशक डा बास्तोलाले अत्यावश्यक सामग्री सहयोग गरेकोमा फाउण्डेशनप्रति आभार व्यक्त गरे । सो अवसरमा उनले न्युनतम स्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम बढेको समेत बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *