मंगलबार १६ हजार ७१८ परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि

160
Shares

काठमाडौँ, १९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ हजार ७ सय १८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार आज १० हजार ६३८ जनाको पीसीआर बिधिबाट र ६ हजार ८० जनाको एन्टीजेन विधिबाट गरी १६ हजार ७ सय १८ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ३ सय ८३ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठामाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना गरी काडमाडौँ उपत्यकामा ९०४ जना थपिएका छन् ।

त्यसैगरी आज थप १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । थप २४ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८६ र भेन्टीटरमा १६२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *