मंगलबार १६ हजार ७१८ परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ हजार ७ सय १८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार आज १० हजार ६३८ जनाको पीसीआर बिधिबाट र ६ हजार ८० जनाको एन्टीजेन विधिबाट गरी १६ हजार ७ सय १८ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ३ सय ८३ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काठामाडौँमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना गरी काडमाडौँ उपत्यकामा ९०४ जना थपिएका छन् ।
त्यसैगरी आज थप १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । थप २४ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८६ र भेन्टीटरमा १६२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]