फार्मासिस्ट तर्फ ५० प्रतिशत, फार्मेसी सहायक तर्फ १७ प्रतिशत उत्तीर्ण (नतिजा सहित)

4.1k
Shares

काठमाडौँ,  १७ साउन । नेपाल फार्मेसी परिषदले शनिबार लिएको फार्मासिस्ट र फार्मेसी सहायक तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार फार्मासिस्ट तर्फ ५० प्रतिशत र फार्मेसी सहायक तर्फ १७ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषदका रजिष्ट्रार संजीवकुमार पाण्डेका अनुसार फार्मासिस्ट तर्फ ४४९ जनाले परीक्षा दिएकोमा २२६ जना उत्तीर्ण भएका छन् । फार्मेसी सहायक तर्फ ३२१ जनाले परीक्षा दिएकोमा ५५ जना मात्रै उत्तीर्ण भएका छन् ।

नतिजाले फार्मेसी सहायक तर्फको जनशक्तिको शैक्षिक स्तर कमजोर रहेको देखाएको छ । पाण्डेले फार्मेसी सहायक तर्फको जनशक्तिले थप मेहनत गर्नुपर्ने देखिएको बताए ।

परिषदले शनिबार लिएको १७ औँ नाम दर्ता परीक्षा हो ।

हेर्नुहोस नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *