देशभर थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

काठमाडौँ, ११ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहि अवधिमा थप १ हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप २५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १२ हजार २ सय ४० जनाको पीसीआर बिधिबाट र ५ हजार ३२ जनाको एन्टीजेन विधिबाट गरी १७ हजार २ सय ७२ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार ४ सय २१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *