आइतबार थप २२३७ जनामा संक्रमण पुष्टि, २०५० जना डिस्चार्ज

324
Shares

 

काठमाडौँ, १० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहि अवधिमा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप १८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार १० हजार ५ सय ६९ जनाको पीसीआर बिधिबाट र ३ हजार २ सय ६५ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार ८ सय ३४ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट २ हजार २ सय ३७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ११४ जना गरी काठमाडौँ उपत्यकामा ६४९ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार २ सय २८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६६६ र भेन्टीलेटरमा १६८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *