शुक्रबार थप २९७७ जनामा कोरोना संक्रमण, १६७८ डिस्चार्ज

काठमाडौँ, ८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा १८ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार ६ सय ७८ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय १० जनाको एन्टीजेन विधिबाट गरी कुल १७ हजार ३ सय ८ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट २ हजार ९ सय ७७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ४१०, भक्तपुरमा ६९ र ललितपुरमा १३४ जना गरी काठमाडौँ उपत्यकामा ६१३ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८२ र भेन्टीलेटरमा १७५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी गरी १० वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *