आठ लाख डोज ‘भेरोसेल’ खोप काठमाडौँ आईपुग्यो

776
Shares
चीनबाट ल्याइएको भेरोसेल खोप विमानस्थल स्थित खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिदै । तस्वीर : बडेबाबु थापा

काठमाडौँ, ७ साउन । कोभिडबिरुद्धको खोप भेरोसेलको थप ८ लाख डोज बिहीबार दिउसो काठमाडौँ आइपुगेको छ । चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको  विमान दिउसो २ : ५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सरकारले गत महिना चिनिया कम्पनी सिनोफार्मसंग ४० लाख डोज भेरोसेल खरीद गरेको थियो । सोही खोपको दोस्रो खेप आज आएको हो । यसअघि पहिलो खेप गत २५ असारमा ८ लाख डोज ल्याइएको थियो ।

‘आठ लाख डोज खोप आइ पुग्यो । अहिले त्यसैको व्यवस्थापनमा लागेका छौँ । केही भण्डारण गर्ने र केही वितरण गर्ने योजना छ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाले भने ।

नेपाल एयरलायन्सको विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौँ ल्याउने योजना बनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *