देशभर थप २८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौँ, ६ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा ३० जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार ४ सय ७५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ८ हजार ७ सय १५ जनाको पीसीआर बिधिबाट र ३ हजार ९ सय १ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ६ सय १६ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट २ हजार ८ सय ३८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना गरी काठमाडौँ उपत्यकामा ६९७ जना थपिएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ । त्यस्तै नेपालमा हालसम्म कुल ७ लाख २४ हजार ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *