पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
काठमाडौँ, ४ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ३२ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार २ सय ५८ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ७ हजार ८ सय ३३ जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ३१ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ६ सय ६४ जनाको कोभिड १९ परीक्षण भएको छ । जसबाट २ हजार ४ सय ४५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना गरी काठमाडौँ उपत्यकामा ४७४ जना थपिएका छन् ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५६४ र भेन्टीलेटरमा १५५ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]