पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ जना डिस्चार्ज

काठमाडौँ, ३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा १ हजार ६ सय ६७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । त्यसैगरी थप २३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार ६ हजार ६ सय २८ जनाको पीसीआर बिधिबाट र ३ हजार जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार ६ सय २८ जनाको कोभिड १९ परीक्षण भएको छ । जसबाट आज १ हजार ८ सय १ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना गरी काठमाडौँ उपत्यकामा ३३४ जना थपिएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५६१ र भेन्टीलेटरमा १६५ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *