काठमाडौँमा झण्डै डेढ लाखले लगाए भेरोसेलको पहिलो मात्रा

टेकु अस्पताल खोप केन्द्रमा भेरोसेल लगाउन शुक्रबार जम्मा भएको भीड

काठमाडौं, २ साउन । कोभिडबिरुद्धको खोप लगाउने पछिल्लो अभियान अन्तर्गत काठमाडौँ जिल्लामा १ लाख ४८ हजार ३३४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । उनीहरुले गत २९ असार देखि १ साउनसम्मको ४ दिने अवधीमा खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका छन् ।

त्यसो त मौज्दात खोप अभाव भएको भन्दै स्वास्थ्य कार्यालयले शुक्रबार दिउसोबाट नै अभियान स्थगित गरेको थियो । कार्यालयका अनुसार ३१ असारमा ५८ हजार ६२० जना, ३० असारमा ४३ हजार ३३४ जना र २९ असारमा १३ हजार ६६३ जनाले खोप लगाएका थिए ।

पछिल्ला दिनमा जिल्लाले ५० वटा खोप केन्द्र सञ्चालनमा ल्याएको थियो ।

यसपटक ५५ बर्ष माथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी चालक, सहचालक लगायतका पेशामा आवद्धलाई खोपको प्राथमिकतामा राखिएको थियो ।

स्वास्थ्य सेवा विभागले काठमाडौँलाई १ लाख ५७ हजार ४०० डोज खोप उपलव्ध गराएको थियो । खड्काले खोप केन्द्रको केही रिपोर्ट आउन बाँकी रहेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *