नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरीद सम्झौँता गरेको ओलीको खुलासा

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले थप १ करोड ५० लाख डोज कोभिडबिरुद्ध खोप सहुलियत दरमा खरीद गर्ने सम्झौता भइसकेको खुलासा गरेका छन् । सरकारको नेतृत्वबाट बाहिरिने क्रममा देशवासीका नाममा गरेको सम्वोधनमा उनले यस्तो खुलासा गरेका हुन् ।

उनले भनेका छन्, ‘अव सन् २०२१ को अन्त्यसम्ममा अधिकांश नागरिकले खोप पाउने छन् । त्यसका लागि खोपको व्यवस्था गरेका छौँ । खोप आउने क्रम र लाउने क्रम सुरु भईसकेको छ ।’

प्रधानमन्त्री ओलीले जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौँता भएको बताए । उनले भारतबाट ११ लाख अनुदान र १० लाख डोज कोभिसिल्ड खरीदबाट , चीनबाट १८ लाख अनुदान र ८ लाख डोज भेरोसेल, खरीदबाट, अमेरिकाले कोभ्याक्स सुविधाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप (जो एक डोज लगाए हुन्छ) आइसकेको बताए ।

उनले आज मात्रै जापानले थप १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत पठाउने निर्णय गरेको बताए । यस्तै कोभ्याक्सले थप ३ लाख ५० हजार डोज पठाउन लागेको समेत बताए ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरीद गर्ने प्रक्रिया सुरु भईसकेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *