फार्मेसी परिषद्को १७ औं नाम दर्ता परीक्षा १६ साउनमा

काठमाडौँ, २९ असार ।  नेपाल फार्मेसी परिषदको १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा १६ साउनमा हुने भएको छ । परिषदको सोमबार बसेको बोर्ड बैठकले १६ साउनमा लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डेले परीक्षाका लागि यसअघि नै फारम भर्न लगाईसकिएको भन्दै अहिले परीक्षाको मिति तोकिएको बताए । उनले परीक्षा केन्द्र सम्वन्धी सूचना केही दिनमा सार्वजनिक गरिने समेत जानकारी दिए ।

परिषद्का सदस्य निरज बर्तौलाले लाइसेन्स लिनका लागि यसपटक ब्याचलर इन फार्मेसी (फार्मासिस्ट)  र डिप्लोमा इन फार्मेसी (फार्मेसी असिस्टेन्ट) का गरी करीब एक हजारले फारम भरेको बताए ।

उनले संख्या थोरै भएको र कोभिड महामारीको जोखिम नघटेको अवस्थाले परीक्षा केन्द्र काठमाडौंमै हुने बताए ।

त्यसो त परिषदले १६ साउनमा हुने परीक्षामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेर सञ्चालन गर्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *