काठमाडौँमा भोलिबाटै भेरोसेलको पहिलो मात्रा दिईदै, खोप केन्द्र कहाँ कहाँ ?
काठमाडौँ, २८ असार । स्वास्थ्य कार्यालय काटमाडौँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार भोलि (२९ असार) देखि भेरोसेलको पहिलो डोज दिने कार्यको थालनी गर्ने भएको छ ।
मन्त्रालयको निर्णय अनुसार तोकिएका खोप केन्द्रमा ५५ बर्ष देखि माथिका सबै नागरिक, शिक्षक प्राध्यापक, कर्मचारी तथा सवारी चालक आदिलाई खोप दिने भएको हो । त्यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौँ महानगरपालिका र अरु १० वटा नगरपालिकामा गरी ४४ वटा खोप केन्द्र प्रस्ताव गरेको छ ।
यद्धपी प्रस्तावित कतिपय केन्द्रको बारेमा निर्णय भइनसकेकोले सबै ठाँउमा भोलि देखि नै खोप सञ्चालन हुने सम्भावना भने कम रहेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले केही खोप केन्द्रहरुमा भोलिबाट खोप अभियान सुरु हुने बताए ।
उनले प्रस्तावित कतिपय केन्द्रका पर्सीबाट सुरु हुने संकेत गरे ।
‘हामीले प्रस्ताव गरेको खोप केन्द्रहरुलाई प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला खोप समन्वय तथा अनुगमन समितिले स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको र त्यो भईनसकेको अवस्थाले भोलिबाटै सबै ठाँउमा खोप सुरु गर्न कठिन छ तर केही ठाँउमा भने सुरु हुन्छ,’ उनले भने ।
खड्काका अनुसार भोलि निजामती कर्मचारी अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शंकरापुर अस्पताल जोरपाटी लगायतका अस्पतालहरुमा खोप लगाउने निधो भएको छ । ती अस्पतालहरुमा तोकिएका उमेर समूह र तोकिएका पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु गएर खोप लिन सक्नेछन् ।
यस्तै स्वास्थ्य कार्यालय काठमाडौँले एपीएफ अस्पतालमा १ हजार जना पत्रकारका लागि पनि खोपको व्यवस्था गरेको जनाएको छ । त्यहाँ केही सशस्त्र प्रहरी र ५५ बर्ष माथिका अरु नागरिकलाई पनि खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले प्रस्ताव गरेको खोप केन्द्रहरु:
सम्पर्क इमेल : [email protected]