ब्रेकिङ : सोमबार अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप आउँदै
काठमाडौँ, २५ असार । अमेरिकाबाट आगामी सोमबारसम्म १५ लाख डोज खोप आउने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त आउने उक्त खोप जोन्सन एण्ड जोन्सन कम्पनीको हुने बताइएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप सोमबार विहान १० बजेसम्म काठमाडौँ आइपुग्ने तालिका रहेको छ ।
अमेरिकाले यसअघि नै नेपाललाई चाँडै नै खोप उपलव्ध गराउन लागि परेको बताएको थियो । नेपालस्थित अमेरिकी दुतावासले खोप ल्याउनका लागि आवश्यक प्रक्रियामा लागि रहेको जानकारी दिएको थियो ।
जोन्सन एण्ड जोन्सन कम्पनीको खोप एक मात्रा लगाए हुन्छ ।
त्यसो त मन्त्रालयले दुई दिन अघि नै जोन्सन एण्ड जोन्सनको खोपलाई प्रयोगको अनुमति दिनका लागि औषधि व्यवस्था विभागलाई चिठी पठाएको थियो । विभाग स्रोतले पनि आफ्नो तर्फबाट काम टुंग्याईसकेको जानकारी दिएको छ ।
यता खोप आउने निश्चित भएपछि स्वास्थ्य सेवा विभागका अधिकारीहरु भने अब खोप कहिले देखि सुरु गर्ने भन्ने योजना बनाउनमा व्यस्त बनेका छन् ।
आजै मात्रै चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुगेको छ । यो खोप भने सरकारले चीनको सिनोफार्म कम्पनीसंग खरीद गरेको हो ।
सम्पर्क इमेल : [email protected]