ब्रेकिङ : सोमबार अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप आउँदै

2.3k
Shares

 काठमाडौँ, २५ असार । अमेरिकाबाट आगामी सोमबारसम्म १५ लाख डोज खोप आउने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त आउने उक्त खोप जोन्सन एण्ड जोन्सन कम्पनीको हुने बताइएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप सोमबार विहान १० बजेसम्म काठमाडौँ आइपुग्ने तालिका रहेको छ ।

अमेरिकाले यसअघि नै नेपाललाई चाँडै नै खोप उपलव्ध गराउन लागि परेको बताएको थियो । नेपालस्थित अमेरिकी दुतावासले खोप ल्याउनका लागि आवश्यक प्रक्रियामा लागि रहेको जानकारी दिएको थियो ।

जोन्सन एण्ड जोन्सन कम्पनीको खोप एक मात्रा लगाए हुन्छ ।

त्यसो त मन्त्रालयले दुई दिन अघि नै जोन्सन एण्ड जोन्सनको खोपलाई प्रयोगको अनुमति दिनका लागि औषधि व्यवस्था विभागलाई चिठी पठाएको थियो । विभाग स्रोतले पनि आफ्नो तर्फबाट काम टुंग्याईसकेको जानकारी दिएको छ ।

यता खोप आउने निश्चित भएपछि स्वास्थ्य सेवा विभागका अधिकारीहरु भने अब खोप कहिले देखि सुरु गर्ने भन्ने योजना बनाउनमा व्यस्त बनेका छन् ।

आजै मात्रै चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुगेको छ । यो खोप भने सरकारले चीनको सिनोफार्म कम्पनीसंग खरीद गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *