पछिल्लो २४ घण्टामा थपिए २२३९ जना कोरोना संक्रमित, १३१६ डिस्चार्ज

काठमाडौँ, २५ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २३९ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ३१६ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ६ हजार ६ सय ५७ जनाको पीसीआर बिधिबाट र ४ हजार ६ सय ५६ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ३ सय १३ जनाको कोभिड -१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार २३९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा २६१ ,भक्तपुरमा ४५ र ललितपुरमा ७४ जना गरी काठमाडौँ उपत्यकामा ३८० जना थपिएका छन् ।

यो संगै नेपालमा हालसम्म कुल ३४ लाख ३ हजार ४१० पीसीआर बिधिबिाट नमुना परीक्षण गर्दा ६ लाख ५२ हजार २५९ जनामा र २ लाख २७ हजार २०७ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ लाख ४२ हजार २२९ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ जसमा ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३४० पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५३९ र भेन्टीलेटर १६६ जना संक्रमित उपचाररत .रहेको मन्त्रालयले जनाएको छ ।।

त्यस्तै नेपालमा कोरोनाभाइरस बिरुद्धको खोप २६ लाख ११ हजार ८०७ जनामा पहिलो मात्रा र ९ लाख ६४ हजार ५०८ जनामा दोस्रो मात्रा लगाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *