ललितपुरको खोप तालिका : तीन गाउँपालिका र दुई नगरपालिकामा भोलि, महानगरमा २७ र २८ असारमा

काठमाडौँ, २४ असार । स्वास्थ्य कार्यालय ललितपुरले जिल्लामा कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउने तालिका सावजनिक गरेको छ । गत २५ जेठपछि पहिलो डोज लगाएका र त्यसअघि नै पहिलो डोज लगाई छुटेका व्यक्तिहरुलाई भोलि देखि दोस्रो डोज खोप लगाउने भएको हो ।

नयाँ तालिका अनुसार तीन गाउँपालिका र दुई नगरपालिकामा भोलि (शुक्रबार) र महानगरपालिकामा २७ र २८ असारमा लगाईने छ ।

स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले बागमती, महाँकाल र कन्ज्योसम गाँउपालिकामा भोलि (शुक्रबार) विहान १० देखि ४ बजेसम्म खोप लगाइनेछ । यस्तै गोदावरी र महालक्ष्मी नगरपालिकामा पनि दोस्रो डोज भेरोेशेल भोलि नै लगाइदै छ । तर ललितपुर उपमहानगरमा भने आगामी २७ र २८ जेठमा खोप लगाउने योजना बनाइएको छ ।

‘गाँउपालिका, नगरपालिका र महानगरपालिकाका वडा वडामा गएर खोप लगाउने कार्यक्रम छ । दोस्रो डोज लगाउने निश्चित संख्या भएकोले समस्या हुँदैन । महानगरपालिका बाहेका स्थानीय पालिकामा भोली नै सकिन्छ । महानगरको भने आइतबार र सोमबारका लागि तय भएको छ,’ डा. गेलाले भने ।

उनले यसपटक ६० देखि ६४ बर्ष उमेर समूह र पहिले नै भेरोसेल लिई विविधकारणले दोस्रो डोज लिन नपाएकाहरुलाई पनि यसपटक दोस्रो डोजको मौका दिईने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *