बुधबार थप २९७९ जनामा कोरोना संक्रमण, १३३३ संक्रमणमुक्त

काठमाडौँ, २३ असार । बुधबार देशभर थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ३ सय ३३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार पीसीआर बिधिबाट र एन्टीजेन विधिबाट गरी कुल ११ हजार ८ सय ९८ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ९ सय ७९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा  ३९० ,भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७१ र भेन्टीलेटर १६१ जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

त्यसैगरी आज थप २८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २९१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *