पछिल्लो २४ घण्टामा थपिए २६३४ जना कोरोना संक्रमित, १५६५ डिस्चार्ज

264
Shares

काठमाडौँ, २२ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६३४ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ५६५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ५०३ जनाको पीसीआर बिधिबाट र ५ हजार ८२ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ५ सय ८५ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ६३४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३६५ ,भक्तपुरमा २९ र ललितपुरमा १०५ जना गरी काठमाडौँ उपत्यकामा ४९९ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५६७ र भेन्टीलेटर १७१ जना संक्रमित उपचाररत छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *