पछिल्लो २४ घण्टामा थपिए २७६० जना कोरोना संक्रमित, ४०१७ जना डिस्चार्ज


काठमाडौँ, १७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार १७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल ेबिहीबार जारी गरेको बिबरण अनुसार ७ हजार १ सय ३० जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ५५ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ९ सय ७५ जनाको कोभिड९१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ७ सय ६० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३१६ ,भक्तपुरमा २९ र ललितपुरमा ७४ जना गरी काठमाडौँ उपत्यकामा ४१९ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६२९ र भेन्टीलेटर १८१ जना उपचाररत छन् ।

त्यसैगरी आज थप ३३ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *