देशभर थपिए २८९२ जना कोरोना संक्रमित, ३५९७ जना डिस्चार्ज


काठमाडौँ, १६ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ८ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ५ सय ९७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार ७ हजार १ सय ८७ जनाको पीसीआर बिधिबाट र ४ हजार ३ सय ८१ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ५ सय ६८ जनाको कोभिड(१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ८ सय ९२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ४३६ , भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना गरी काठमाडौँ उपत्यकामा ५७२ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६२७ र भेन्टीलेटर १७५ जना उपचाररत छन् ।

त्यसैगरी आज थप ४१ जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ११२ पुगेको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *