भेरोसेलको दोस्रो मात्रा लगाउन काठमाडौँमा ३२ वटा खोप केन्द्रको प्रस्ताव (सूची सहित)

काठमाडौँ, १२ असार ।  स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २२ असार देखि लगाइने भनिएको कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव गरेको छ ।

स्वास्थ्य कार्यालयले काठमाडाँै महानरपालिका भित्र १३ वटा अस्पतालमा, दक्षिणकाली नगरपालिकामा एक वटा र अरु ९ वटा नगरपालिकामा २ वटाको दरले खोप केन्द्र राख्ने प्रस्ताव गरेको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले अहिले ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव गरिएको र आवश्यकताका आधारमा यसमा थप घट हुनसक्ने बताए । उनले खोप केन्द्रको अन्तिम टुंगो दुई तीन दिन भित्र लाग्ने समेत जानकारी दिए ।

स्वास्थ्य सेवा विभागले गत २५ जेठपछि पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई २१ देखि २८ दिन पछि दोस्रो मात्रा लगाउन ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । उसले अभियान सकेसम्म छोटो अवधीमै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन समेत भनेको छ ।

गत २५ जेठ देखि शुरु भएको खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहकालाई लक्षित गरी खोप दिने भनिएको थियो । यद्धपी खोप प्रर्याप्त नहुँदा सो उमेर समूहका सबैले पहिलो मात्रा खोप पाएका छैनन् ।

नेपालमा १४ माघ २०७७ देखि कोभिडबिरुद्धको खोप अभियान शुरु गरिएको हो । त्यस यता विभिन्न चरणमा प्राथमिकताको समूह निर्धारण गरी खोप दिईदै आईएको छ ।

यी हुन् स्वास्थ्य कार्यालय काठमाडौँले प्रस्ताव गरेको ३२ वटा खोप केन्द्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *