दक्षिण पूर्वी एसियाका १० देशमा ३२ करोड बढीले लगाए कोभिडबिरुद्धको खोप, नेपाल कतिऔँ स्थानमा ?


काठमाडौँ, १० असार । दक्षिणपूर्वी एसियाका दश वटा देशमा ३२ करोड बढीले कोभिडबिरुद्धको पहिलो डोज खोप लगाएका छन् । ती देशमा दोस्रो डोज लगाउनेको संख्या ७ करोड पुग्न आँटेको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया (डब्लुएचओ सेरो) को तथ्यांक अनुसार जनसंख्याको आधारमा कोभिडबिरुद्धको सबैभन्दा बढी खोप कभरेज भुटानमा देखिएको छ । भुटानको कुल जनसंख्या ७ लाख ५६ हजार १२३ जना रहेकोमा ४ लाख ८४ हजार १८९ जना (६४.०४ प्रतिशत)ले पहिलो डोज खोप लगाएका छन् । त्यहाँ दोस्रो डोज भने लगाइएको छैन् ।

यस्तै अर्को सानो देश मालदिब्स कोभिडबिरुद्धको खोप कभरेज गर्ने देशमा झन् अगाडी देखिएको छ । त्यहाँ कुल ५ लाख ४६ हजार ३९९ जना जनसंख्या भएकोमा ३ लाख १४ हजार १९८ जनाले पहिलो डोज ( ५७.५० प्रतिशत) र १ लाख ७९ हजार ४३६ जना (३२.८४प्रतिशतले) दोस्रो डोज लिइसकेका छन् ।

यता दक्षिणपूर्वी एसियाकै सबैभन्दा ठूलो देश भारत पनि कोभिडबिरुद्धको खोपमा अगाडी छ । त्यहाँ कुल जनसंख्या १ अर्व ४२ करोड ९ लाख ७२ हजार ७५९ जनामध्ये २१ करोड २४ लाख ७७ हजार ८० जना (१४.९५ प्रतिशत)ले पहिलो डोज खोप र ४ करोड ९२ लाख ६३ हजार १९३ जना ( ३.४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

भारतपछि सबैभन्दा बढी खोप कभरेज गरेको देशमा श्रीलंका परेको छ । कुल जनसंख्या २ करोड २० लाख ३६ हजार ६८९ जना रहेको श्रीलंकामा अहिलेसम्म २३ लाख १७ हजार १२ जना (१०.५१ प्रतिशत)ले पहिलो डोज र ६ लाख १३ हजार २०० जना( २.७८ प्रतिशत)ले दोस्रो डोज खोप लगाएका छन् ।

प्रतिशतको आधारमा श्रीलंका पछि सबैभन्दा खोप कभरेज गर्ने देश नेपाल रहेको छ । कुल ३ करोड २ लाख १ हजार १०० जनसंख्या रहेको नेपालमा अहिलेसम्म २४ लाख ५१ हजार ९२५ जना ( ८.१५ प्रतिशत)ले पहिलो डोज र ६ लाख ९१ हजार ४९४ जना (२.२९ प्रतिशत)ले दोस्रो डोज लगाएका छन् ।

नेपाल पछि सबैभन्दा बढी खोप कभरेज इन्डोनेसियामा देखिएको छ । त्यहाँको कुल जनसंख्या २७ करोड २२ लाख ४८ हजार ४५४ रहेकोमा अहिलेसम्म २ करोड ९ लाख ४ हजार ७२३ जना( ७.६८प्रतिशत)ले पहिलो डोज र १ करोड १६ लाख ९९ हजार ०२१ जना ( ४.३० प्रतिशत)ले दोस्रो डोज लगाएका छन् ।

इन्डोनेशिया पछि सबैभन्दा बढी खोप कभरेज भएको देश टिमोर लिष्टे बनेको छ । त्यहाँको कुल जनसंख्या १३ लाख १७ हजार७८० मध्ये १ लाख ३ हजार ८१३ जना (७.८८ प्रतिशत)ले पहिलो डोज खोप पाएका छन् । यस्तै ६ हजार ७१८ जना (०.५१ प्रतिशत)ले दोस्रो डोज प्राप्त गरेका छन् ।

टिमोर लिष्टे पछि सबैभन्दा बढी खोप कभरेज गर्ने देश थाइल्याण्ड बनेको छ । कुल जनसंख्या ६ करोड ६१ लाख ८६ हजार ७२७ रहेको थाइल्याण्डमा अहिलेसम्म ४५ लाख ३१ हजार ९१४ जना (६.८५ प्रतिशत)ले पहिलो डोज र १६ लाख ५६ हजार २१० जना ( २.५० प्रतिशत)ले दोस्रो डोज खोप लगाएका छन् ।

दक्षिण पूर्वी एसियामा थाइल्याण्ड पछि सबैभन्दा बढी खोप कभरेज गर्ने देश बंगलादेश बनेको छ । कुल १७ करोड २८ लाख ९ हजार ३८४ जना जनसंख्या रहेको बंगलादेशमा अहिलेसम्म ५८ लाख २२ हजार १७७ जना (३.३७ प्रतिशत)ले पहिलो डोज र ४२ लाख ५७ हजार ४९९ जना ( २.४६ प्रतिशत)ले दोस्रो डोज लगाएका छन् ।

दक्षिणपूर्वी एसियाको देशमा सबैभन्दा कम खोप कभेरेज भएको देशमा म्यानमार परेको छ । ५ करोड ५० लाख ८ हजार ५७ जना कुल जनसंख्या रहेको म्यानमारमा अहिलेसम्म १७ लाख ७२ हजार १७७ जना( ३.२२ प्रतिशत)ले पहिलो डोज र १२ लाख २२ हजार ७२३ जना ( २.२२ प्रतिशत)ले दोस्रो डोज खोप लगाएका छन् ।

डव्लुएचओ सेरोले सार्वजनिक गरेको यो तथ्यांक करीब १० दिन अघिको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *