‘१९ दिन !’ स्वास्थ्य मन्त्री रहेका शेरबहादुरले के काम गरे ?

काठमाडौँ, ९ असार । मंगलबार सर्बोच्च अदालतले दिएको अन्तरिम आदेशसंगै १९ दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका शेरबहादुर तामाङ पदमुक्त भएका छन् । कोरोना महामारीकाबीच स्वास्थ्यको जिम्मेवारी सम्हाल्न आएका तामाङ निकै छोटो समयमा पदमुक्त हुँदा उनले यस अवधीमा के गरे होलान् भन्ने सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ ।

मन्त्री तामाङले भने आफूले १९ दिनको अवधीमा प्रमुख रुपमा चारवटा विषयलाई प्राथमिकता दिएको बताएका छन् । पहिलो नम्बरमा कोभिडबिरुद्धको खोप, दोस्रोमा सबै नेपालीलाई निशुल्क स्वास्थ्य उपचार गर्ने, तेस्रो सरकारी अस्पताललाई सुविधा सम्पन्न गराउने र चौथो गाँजाको औषधीय उपयोगको अनुसन्धानबारे ।

अघिल्ला मन्त्रीहरुले जस्तै उनले पनि खोप केही दिनमा आउने बताएका छन् । तर उनले पछिल्लो राजनीतिक घटनाले खोप आउन ढिलो हुने र त्यसले जनताको जीवनमा तलमाथि हुने अवस्था आएमा नैतिक जिम्मेवारी आफूले लिने समेत दावी गरेका छन् ।

उनकै शव्दमा

१९ दिन !

१.  कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)

२.  सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *